सेती अस्पतालमा परीक्षण गरिएका मध्ये ४ जनामा ‘पोजेटिभ’ रिपोर्ट


 


कैलाली, चैत्र २५
सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा पोजिटिभ रिपोर्ट आएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् ।

अस्पतालका अनुसार हालसम्म उपचार गरेका बिरामीको संख्या २९ रहेको र प्रयोग शालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । अस्पतालकाअनुसार हालसम्म नेगेटिभ रिपोर्ट आउनेको संख्या ५० छ भने रिपोर्ट आउन बाँकी ११ जना रहेका छन् ।

पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । यी देखिएका ४ जना नयाँ संक्रमित भने होइनन् । नेपालमा अहिलेसम्म देखिएका ९ जना संक्रमित मध्येकै सेती अञ्चल अस्पतालमा ४ जना रहेका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्