आज मिति २०७६ साल चैत्र २७ गते बिहिबारको राशिफल


 


बि.सं. चैत २७, २०७६ । इ.सं. 09 April, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादी उत्तरायण । वसन्त । बिहीवार । वैशाख कृष्णपक्ष । तिथि  प्रतिपदा

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्यहरू विस्तारै अघि बड्लान् । नयाँ कार्यको योजना बन्नेछ । रमाइलो साथ र सहयोगको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो आत्मबल बढ्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शत्रुहरूपनि पराजित हुनेछन् , तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनेछ । मानसिक चिन्तापनि बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन । दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मानपरेको खनेकुरा खान पाईनेछ । प्रशांसापनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला । 

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्