प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराई अस्पताल भर्ना



काठमाडौँ, चैत्र २९

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका छन् ।

शुक्रबार राति मुटुमा अचानक समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिएका छन् ।

थापाका अनुसार सल्लाहकार भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News