‘परीक्षण गर्दा आशङ्का मेटियो, अब ढुक्क भइयो’



डडेल्धुरा, चैत्र ३०
डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन्। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा-छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि नआएकोले खोज्दैछौँ।’

उनीहरू शनिबार दिउँसो भागेका हुन्। कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।’तीन दिनअघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँहरूको नमूना संकलन गरेर काठमाडौं पठाइएका थियो। उनले भने, ‘दिउँसोसम्म यतै अस्पतालमा रहेका बेलुका वार्ड हेर्दा अस्पतालमा भेटिएनन्।’

निमित्त मेसु विष्टका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्।उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News