पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो



पोखरा, बैशाख ३
र्‍यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।

संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए । यसअघि अाजै चितवनमा पनि र्‍यापिड टेस्ट गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएकाे हाे।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्