आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै


 



काठमाडौं, असार २९
आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ । भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

१८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् ।

समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्