Deshko News
११ आश्विन २०८०, बिहिबार

विस्तारै हिड् ए जिन्दगी



विवश खड्का
धनगढी, कैलाली

कविता

विस्तारै हिड् ए जिन्दगी अहिले
धेरै चुनौतीहरु पन्छाउन बाँकी छ
अलिक वेदना मेटाउन बाँकी छ
दुरुस्त उपेक्षा निभाउन बाँकी छ ।

त छिटो–छिटो चलेदेखि
कोही रुठे कोही छुटे
रुठौंको मनाउन बाँकी छ
रातलाई हसाँउन बाँकी छ ।

कोही सम्बन्ध बनाएर छुटे
कोही जोडिदा जोडिदै छुटे
ती छुटे फुटेका सम्बन्धक‍ो
आघात मेटाउन बाँकी छ ।

केही तृष्णा अपुरो छ
काम गर्नु पर्ने पनि जरुरी छ
जीवनका उलझ व्यथाको पर्यत
हुबहु सुल्झाउन बाँकी छ ।

यो श्वासप्रश्वास छोडी जानुछ
फेरि के पाउँनु छ, के गुमाउँनुछ ?
यो मनको जिद्दी बच्चा जस्तो छ
यहीँ कुरा अक्सर बताउँनुछ ।
विस्तारै हिड् ए जिन्दगी अहिले ।।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News