म यसकारण केपी ओलीको नयाँ फ्यान


 


अश्वनी कोइराला

१) यसकारण,

तीन तीन जना पूर्व प्रधानमन्त्रीले ¥याख¥याख्ती पारेर जबरजस्ती कुर्सीबाट झार्न खोज्नु र बिरामी मान्छेलाई बसिखान नदिनु गर्दा पनि उनीहरुको पदलोलुपता सार्वजनिक गर्ने हिम्मतका कारण ।

केपी बासँग मैले सिकेँ– कसैले पेलेरै किनारा लगाउन खोज्छ भने अन्तिम अवस्थासम्म लड तर गलत गठबन्धनका विरुद्ध अन्तिम अवस्थासम्म सम्झौता नगर ।

२) यसकारण,

हिजोसम्म नेपाललाई आफ्नो बपौती ठान्ने भारतीय शासक र त्यसका जासुसी संस्थाहरुले नेपालले के भन्छ, के गर्छ भन्ने चासो दिन बाध्य बनाएका कारण ।

केपी बासँग मैले सिकेँ—तथ्यले संकेत गर्छ भने बदनामी सहेर पनि आफ्नो कुरा राख ।

३) यसकारण,

मृत्यु नजिक आएको देखे पनि आत्मविश्वासले काललाई जित्ने र यो कहिले मर्छ र भाग पाउँला भनेर दुष्ट कल्पना गर्नेलाई छक्क पार्ने जीवन पाएकोमा ।

केपी बासँग मैले सिकेँ— जीवनमा आशावादी भएर बाँच । यति ठूलो कल्पनामा गर कि रेल र पानीजहाज चलाउन नसके पनि आफ्नो जीवन सफल पार ।

४) यसकारण,

पञ्चायत, राजासहितको प्रजातन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबै जनतालाई भुलभुलैयामा राख्ने चकलेट थिए । प्याकेटमा भएका यी सबै चकलेट सकिएपछि केपी बाले पानी जहाज, रेल र स्थायी सरकारको सपना देखाए । अरुले सपना देखाउँदा हुने, केपी बाले नहुने ?

मैले सिकेँ— ठूलो मान्छे हुनु छ भने सपना बेच । जसले ठूलो सपना बेच्न सक्छ, उही ठूलो मान्छे हुन्छ ।

यी चार कारणले म उनको नयाँ फ्यान भएका छु । मेरो क्षेत्रबाट केपी ओलीले निर्वाचन उठे वा यो अप्ठ्यारो बेला उनलाई साथ दिने कोही खडा भए भने म मात्रै होइन, मेरा वरपरकालाई कन्भिन्स गरेर केही भोट हाल्न लगाउने छु । यो बेला सरकार हटाउने खेलामा लाग्ने नेकपाका कुनै नेता मेरो क्षेत्रबाट उठे भने दिलो ज्यान लगाएर हराउने छु ।

यो मेरो खुला स्टेटमेन्ट प्रति कसैको चित्त दुख्छ भने दुखोस् । तिम्रो बुद्धी पलाओस् भनेरै यो लेखेको हुँ ।

शुभ रात्री ।

(पत्रकार एवं साहित्यकार अश्वनी कोइरालाको फेसबुकबाट साभार)

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्