Deshko News
६ आश्विन २०८०, शनिबार

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने




काठमाडौं, भदौ ३
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान  १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको हो। उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।

वि।सं। १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा लोकार्पण कविता संग्रहमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News