उरीआक्रमण सम्बन्धि दुई हप्ता पछि दियो नेपालले प्रतिक्रिया


 


pararastra-mantralaya-ministry-of-foreign-affairs

काठमाडौं, असोज १६

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी आक्रमणबारे नेपाल सरकारले आइतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उरीमा भएको आतंकवादी आक्रमणकोको निन्दा गरिएको छ ।

विश्वभर भइरहेको सबै प्रकारका आतंकवाद विरोधी संघर्षमा नेपालले ऐक्यवद्धता जनाइरहेको भन्दै विज्ञप्तिमा हाम्रो क्षेत्र ( दक्षिण एशिया ) मा हुने आतंकवादी कार्यको नेपालले सधैं विरोध गर्ने उल्लेख गरिएको छ ।

सेप्टेम्वर १८ मा काश्मिरको उरीमा भएको आक्रमणमा परी १७ जना भारतीय सैनिकको ज्यान गएको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्