बिदा भए भारतको नाकाबन्दीमा नेपाललाई गुन लगाएका चिनियाँ राजदूत


 


wu-chintai-chineseambassador-resized

काठमाडौँ,  असोज १६

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आइतबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट  गरेका छन् । त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध मामिलाका साथै सांस्कृतिक, आर्थिक एवम् व्यापारिक विषयमा विचार विमर्श भएको थियो ।

गत वर्षको भूकम्पकाबेलामा चीनले उद्धार, खोजी राहत तथा पुनःनिर्माणका काममा निरन्तर सहयोग गरेकोमा राष्ट्रपति भण्डारीले चीनप्रति हार्दिक आभार व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्