भारतीय सेना मारिएकोमा भत्सर्ना, पाक सेना मारिएकोमा मौन किन ?


 


काठमाडाैं, असाेज १६

परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेना मारिएका थिए। सो विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन।

विषयवस्तुमा भारतको समर्थन जनाएको नेपालले सैद्धान्तिक रुपमा आफू आतंकवादको विरोधमा रहेको स्पष्ट पारेको छ। ‘विश्वव्यापी रुपमा एकजुट भएर आतंकवादविरुद्ध लड्न पर्नेमा स्पष्ट छ। नेपालले सधै आतंकबादको विरोध गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि तरिकामा हुने आतंकवादको गतिविधि र अभिव्यक्तिको निन्दा गर्दछ।’प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यको ११ नम्बर बुँदामा अन्तरार्ष्ट्रिय मुद्दाहरुमा दुवै देशले समान धारणा बनाउने उल्लेख गरिएको थियो। भारतको पक्षमा विज्ञप्ति निकालिनुलाई त्यही सन्दर्भमा लिइएको छ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्