संविधान संशोधनमा राप्रपा नेपालले राख्यो एक शर्त, प्रचण्डलाई आपत!


 


dilnath-giri

काठमाडौं, असोज १७ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा समावेश गरिनुपर्ने बताउनुभएको छ ।

सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले मधेसका माग सम्बोधनका लागि सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफूहरुले उठाएको हिन्दू राष्ट्रको एजेण्डा पनि समावेश हुनुपर्ने बताउनुभयो ।

‘संविधान संशोधन गरेर सरकारले मधेसलाई सम्बोधन गर्ने भनिरहेको छ । तर, अहिलेसम्म संशोधनको स्पष्ट खाका बनेको हामीले पाएका छैनौं,’ उहाँले भन्नुभयो– ‘यदि संविधान संशोधन हुन्छ भने हिन्दू राष्ट्रको एजेण्डा पनि आउनुपर्छ । सरकारले संशोधन प्रस्तावमा हिन्दू राष्ट्रलाई समेट्नुपर्छ । होइन् भने देशमा अझै शान्ति हुँदैन् । ९४ प्रतिशत हिन्दू धर्मालम्वी भएको देशमा धर्म निरपेक्षता स्वीकार्य छैन् ।’

नेता गिरीले देशमा ९४ प्रतिशत जनतलो हिन्दू धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने धारणा राख्नुभयो । ‘राप्रपा नेपालले असहमति हुँदाहुँदै संविधानलाई स्वीकार गर्यो । हाम्रो एजेण्डा त्यतिबेला स्थापित हुन सकेन्,’ उहाँले भन्नुभयो– ‘अहिले संविधान संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन भइरहँदा ९४ प्रतिशत नेपाली जनताको आस्थाको विषयलाई सम्बोधन गरिनुपर्छ । नत्र देशमा शान्ति हुनेछैन् ।’

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्