भारतीय राष्ट्रपतिले कात्तिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने


 


pranab-mukharjee

काठमाडौं, असोज १७ । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म तीन दिने भ्रमण गर्ने निश्चित भएको हो ।

मुखर्जीको भ्रमणको मिति तय भएपछि दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारीमा जुटेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्