सरकारले चालेको कदमको काँग्रेसबाटै विरोध, प्रचण्ड र निधिलाई ठुलो धक्का


 


shekhar-koirala-650x485

लमजुङ, असोज १७

नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कैलाली घट्नाका दोषीलाई उन्मुक्ति दिए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् ।

जिल्ला भ्रमणका क्रममा लमजुङ पुगेका कांग्रेस नेता डा.कोइरालाले कानून भन्दा माथि कोही नरहेको भन्दै ‘कैलाली घट्नाका दोषीहरूलाई कुनैपनि हालतमा माफी दिन नमिल्ने’ बताए ।

कैलाली हत्याकाण्डका दोषीलाई छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि सक्रिय भएर लागेका बेला कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले मुद्दा फिर्ताको कडा शब्दमा विरोध गरेका छन् । विरोधसँगै दाहाल र निधिनको योजनामा ठूलो धक्का लाग्ने भएको छ ।

केन्द्रमा गुटमात्रै भेटिन थालेकाले आफू सच्चा र वास्तविक कांग्रेस खोज्न गाउँका कार्यकर्तासामु आएको उनले बताए ।
१३औं महाधिवेशनपछि संस्थागतरूपले पार्टी भागबण्डा र गुटबन्दीमा प्रवेस गरेको नेता डा.कोइरालाको भनाइ थियो ।
‘गुटबन्दी र भागबण्डाको राजनीतिले आम कार्यकर्ताको शिर झुकेको छ’, उनले भने, ‘गाउँ र दूरदराजमा बस्ने कार्यकर्ताको जगमा कांग्रेस उभिएको छ ।’

डा.कोइरालाले गाउँका कार्यकर्ताहरूको योगदानको कदर र मूल्यांकन नभएसम्म कसैगरी कांग्रेस बलियो नहुने बताए ।
पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताउँदै डा.कोइरालाले भने, ‘सरकारमा कांग्रेस छ कि छैन भन्ने नै थाहा हुन छाड्यो ।’

नेपाली कांग्रेस लमजुङ क्षेत्र नम्बर २ ले बेसिशहरमा आयोजना गरेको ‘गाउँ–नगर जागरण अभियान’को शुभारम्भ गरेका डा.कोइरालाले स्थानीय निकाय पुनर्संरचना आयोगले दलीय खोल ओढेर ल्याएको प्रतिवेदनलाई कुनै पनि अवस्थामा मान्न नसकिने बताए ।

‘आयोगका पदाधिकारीहरूमा ईमान्दारिता देखिएन’, उनले भने, ‘बरू हामी मर्न तयार हुन्छौं तर आयोगको रिपोर्ट मान्न सक्दैनौं । हिमाल–पहाडमा भूगोल र जनसंख्या तथा तराई–मधेसमा जनसंख्या र भूगोललाई आधार मानेर गाउँपालिका निर्धारण गरिनुपर्छ ।’

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्