काे-काे बन्दैछन् राज्यमन्त्री ?


 


काठमाडाैं, असाेज १८
कांग्रेसले राज्यमन्त्री थप्ने गृहकार्य थालेकाे छ । राज्यमन्त्री बनाउने विषयलार्इ लिएर कांग्रेसभित्र विवाद समेत उत्पन्न भएकाे छ ।  कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट एकजनालाई बनाउने तयारी रहेकाे बुझिएकाे छ।

देउवा पक्षबाट दीर्घराज भाट, दिलीप गच्छदार, अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, आङटावा शेर्पा, सुजाता परियार, ध्रुव वाग्ले प्रमुख दाबेदार छन् । पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसार्इं, कञ्चनवादे श्रेष्ठको सम्भावना बलियो छ। सिटौला पक्षबाट तारामान गुरुङ र सुधीरकुमार सिवाकोटी चर्चामा छन् ।

सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्