नेपाली सेनाले ल्यायो निःशुल्क बस सेवा, कहाँ-कहाँ पाइनेछ सुविधा ?


 


nepal-army-busकाठमाडौं, असोज १८

बडादसैँ २०७३ को उपलक्ष्यमा नेपाली सेनाले घर विदामा जाने सकलदर्जा तथा उनीहरूको आश्रित परिवारका लागि आजदेखि निशुल्क बस सेवा सुरु गरेको जनाएको छ ।

सेनाले आजदेखि असोज २३ गतेसम्म काठमाडौंबाट विभिन्न प्रमुख शहरमा बस सेवा सञ्चालन गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंबाट ईटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बसहरू सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान छ बजे छुट्ने र प्रतिसैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने छन् ।

महानवमीदेखि एकादशीसम्म ३ दिन (आश्विन २४–२६) काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सो दिनहरूमा सैनिक तथा गैह्र सैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु-याउने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन हुने पनि सेनाले जनाएको छ ।

तीन दिन ८ वटा छुट्टा–छुट्टै रुटहरूमा प्रत्येक दिन बिहान छ बजे, ११ बजे र चार बजे भद्रकालीबाट ३० सिट क्षमताको १–१ वटा बस निःशुल्क संचालन गर्ने व्यवस्था मिलाएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्