टीकापुर घटनाको मुद्दा फिर्ता प्रक्रिया सुरु: गृहमन्त्री निधि


 


bimalendra-nidhi

काठमाडौं, असोज १८

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री निधिले संवैधानिक र कानुनी प्रक्रिया बमोजिम मुद्दा फिर्ता लिन सम्बन्धित निकायसँग राय सल्लाह लिइरहेको बताए ।

‘कैलालीको टीकापुर घटनामा संलग्नहरुको मुद्दा फिर्ता गर्ने सम्बन्धमा गृह मन्त्रालय र कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायसँग राय सल्लाह लिने काम भइरहेको छ,’ उनले भने- ‘टीकापुरसहित आन्दोलनमा जीवन गुमाएका सुरक्षाकर्मी र आन्दोलनकारीलाई सहिद घोषणा गरी सरकारले राहत र क्षतिपूर्ति दिइसकेको छ ।’

गतवर्ष कैलालीको टीकापुरमा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्