कांग्रेस नेताहरू फेरी अाेलीलार्इ नै किन चाहदैछन् ?


 


Nepali-congressकाठमाडाैं, असाेज २१

संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस यतिबेला सरकारमा छ, माअाेवादी केन्द्रकाे नेतृत्वमा । तेस्राे दलले सरकारकाे नेतृत्व गरिरहेकाे छ भने पहिलाे ठूलाे दल सरकारकाे प्रमुख सहयाेगी बनेर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार निर्माण भएकाे दुर्इ महिनामै नयाँ सरकार निर्माण हुने खबरले चिसिदै गरेकाे माैषममा राजनीति वातावरण भने गर्माएकाे देखिन्छ ।

खासगरी मधेशवादी दलहरूले दशैं तिहार लगत्तै सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने चेतावनीयुक्त भाषा प्रचण्डलार्इ दिदै अाएका छन् भने कांग्रेस माैन बसेकाे छ । यतिबेला कांग्रेसवृतभित्र प्रचण्डकाे विकल्प खाेज्नु पर्ने अावाजहरू ठूलाे स्वरमा बाहिर अाएका छन्, जसले साकार रूप लिन लागेकाे स्राेतहरू बताउँछन् ।

कांग्रेसभित्र फेरी एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ फेरी प्रधानमन्त्री बनाएर भए पनि संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने अावाजहरू सुनिन थालेका छन् । यसका लागि सुजता काेइराला पहिलेदेखी नै बाेल्दै अाएकी छन् भने कृष्ण प्रसाद सिटाैलाले गगन थापा मार्फत बाेल्न लगाइसकेका छन् ।

गगनले कतिसम्म बाहिर कुरा ल्याए भने वर्तमान समिकरण बदलेर भएपनि संविधान कार्यान्वयन गर्नुपर्छ भने । घुुमाउराे अर्थमा यसकाे मतलब प्रचण्ड नेतृत्वकाे सरकारकाे विकल्प खाेज्नुपर्छ भन्नु नै हाे ।

रामशरण महतहरू याे सरकार बदल्नु पर्छ भन्न थालिसकेका छन् । महत पहिलेदेखी नै माअाेवादी नेतृत्वमा सरकार बन्नु नै गलत भएकाे भन्दै अाएका नेता हुन् । उनले संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस माअाेवादीकाे पुच्छर भएकाे टिप्पणी गर्दे अाएका छन् ।

देउवा निकट भनेर चिनिएका कांग्रेस सांसद रामहरी खतिवडाले एउटा टेलिभिजन अन्तर्वातामा नेपालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विकासप्रेमी नेता देखिएको भन्दै उनी फेरि प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेका छन् । हिमालय टेलिभिजनमा कुरा गर्दे खतिवडाले भने ‘अब राजनीति होइन यो देशमा विकास चाहिएको छ । यसका लागि केपी ओली फेरि प्रधानमन्त्री बनुन् ।’

 

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्