लाप्राकका भूकम्प पिडितका नमूना वस्तीको शिलान्यास


 


nrna-home

असोज, काठमाडौं २१

गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले बनाउन लागेको एकीकृत नमूना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा शुक्रबार शिलान्यास गरिएको  छ । एनआरएनले २०७२ वैशाख १२ को भूकम्पबाट घरबारविहीन सबैका लागि एक हजार नमूना घर बनाउने घोषणा गरेको थियो ।

एनआरएनको योजना अनुसार लाप्राकको गुन्सीपाखामा ४४४ घरको नमूना बस्ती बनाई त्यहाँ लाप्राकका घरबार बिहीनहरुलाई पुनर्बास गराइने छ । एनआरएनले ६१२ घर बनाउन चाहेपनि जग्गाको कमीले गर्दा अहिलेलाई ४४४ बनाइने र बाँकी घर नयाँ ठाउँ खाजेपछि बनाइने छ ।

सिलान्यासमा प्रधानमन्त्री प्रचण्डले एनआरएनको कामको प्रशंसा गर्दै उनले भने यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ ।
शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने विश्वास छ ।’

मूख्य सचिव डा. सोमलाल सुवेदीले वस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको भन्दै कुनै समस्या भए साझेदारी गर्न सरकार तयार रहेको बताए । एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्