Deshko News
१८ आश्विन २०८०, बिहिबार

टिभीएसको दोस्रो साताको उपहार दार्चुलाकी हेमलतालाई, पाइन् ‘आरआर ३१०’ बाइक




धनगढी, असोज २३
‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दोस्रो साताका विजेता दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ कि हेमलता ठगुनालाई परेको छ । उनलाई धनगढीमा रहेको वागेश्वरी अटोमोटिभ्सले शुक्रबार ‘आरआर ३१०’ सीसी बाइक प्रदान गरेको छ ।

सो वाइकको बजार मूल्य ७ लाख ७९ हजार ९ सय रुपैया रहेको छ । पहिलो साता ‘लक्की ड्र’मा मार्फत काठमाडौं बालुजाका अमितजंग सिटौलालाई वाइक प्रदान गरिएको थियो । बिजेता हेमलता ठगुनाले टिभिएसको स्कुटी किनेकी थिइन् ।

‘लक्की ड्र’मा आफूलाई विश्वास नभएपनि उपहार पाउँदा खुशीको सिमा नरहेको उनले बताइन् । जिन्दगीमा कहिले पनि यस्तो लक्की ड्रमा विश्वास नरेपनि अहिले आफूले यो उपहार पाउँदा दंग भएको बताइन् ।

ग्राहकले टिभीएसको मोटरसाइकल किनेर वा नकिनेर पनि यो योजनाको सहभागी बन्न सक्ने वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रबन्धक प्रेम साउँदले बताए । उनले उक्त योजनाको मूख्य विशेषता यही भएको जानकारी दिए । प्रत्येक साता एभिन्यूज टेलिभिजन र टिभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर गोला प्रथाबाट बिजेता छानिन्छ ।

टिभीएसको कुनै पनि मोटरसाइकल किन्दा नौं हजार र स्कूटर किन्दा सात हजार रुपैयाँ नगद छुट पाइन्छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किन्न सक्ने ब्यवस्था रहेको वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक साउँदले जानकारी दिए ।

बम्पर उपहारका रुपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । कम्पनीका अनुसार हरेक हप्ता हुने ‘लक्की ड्र’मा भाग लिन चाहनेले अनलाइन फारम भर्न सक्नेछन् ।

यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने बताइएको छ । जगदम्बा मोटर्स प्रा.लिले नेपालमा टिभीएस टू–ह्वीलर्स भित्र्याउँदै आएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News