सेनाकाे बसमा सर्वसाधारण चढ्न पाउने, कुन-कुन रूट चल्दैछन् बस ?


 


काठमाडाैं, असाेज २२

नेपाली सेनाले दशैंको अवसरमा सर्वसाधरणको सुविधाका लागि राजधानीमा सवारी साधन सञ्चालन गर्ने भएको छ । चाडवाडको समयमा सार्वजनिक यातायात संचालन कम हुदा सर्वसाधरणलाई यातायातको असुविधा हुने देखेर सेनाले यातायात सेवा उपलब्ध गराउन लागेको हो।

सेनाले महानवमी, टीका र एकादशीको दिन राजधानीका विभिन्न ८ वटा रुटमा सवारी साधन संचालन गर्ने भएको हो। सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले दशैको बेला न्युन सवारी साधन चल्ने भएको सर्वसाधरणको सुविधाका लागि राजधानीका विभिन्न ८ वटा रुटमा आठवटा सवारी साधन संचालनमा ल्याउने तयारी भइरहेको बताए।

सेनाले नवमीको दिनमा निर्धारित भएका सबै ८ वटै रुटमा बिहान ११ र ४ बजे तथा एकादशीको दिन बिहान ६, ११ र ४ बजे सवारी साधन संचालनको समय निर्धारण पनि गरेको छ। सेनाद्धारा संचालित रुट नम्बर १ मा माईतिघर, बानेश्वर , कोटेश्वर, एकान्तकुना, बल्खु किर्तिपुर त्रिपुरेश्वर हुदै रत्नपार्क, रुट नम्बर २ मा भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ हुदै माईतिघर, रुट नम्बर ३ मा माईतिघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, छाउनी अस्पताल ताहाचल, टेकु हुदै थापाथली र रुटनम्बर ४ मा माईतिघर, बानेश्वर, तिनकुने, गौशाला, चावहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट हुदै भद्रकाली तय गरिएको छ।

त्यसैगरी पाँच नम्बर रुटमा थापाथली, कुपण्डोल, जावलाखेल , कोटेश्वर, बानेश्वर हुदै शहीदगेट, छ नम्बर रुटमा थापाथली, जावलाखेल, बल्खु, कलंकी त्रिपुरेश्वर हुदै भद्रकारी, सातौ रुटमा माईतीघर, सुर्यविनायक, ठिमी हुदै माईतीघर र आठौ रुटमा सहिदगेट, त्रिपुरेश्वर, स्वयम्भु, गोगबु, सामाखुसी हुदै रत्नपार्क छन ।

नेपाली सेनाले आफ्नै सकल दर्जाका लागि पनि लामो दुरीका सवारी साधन संचालन गरेको छ। राजधानीबाट बाहिर जाने र राजधानी आउनेका लागि गत १८ गते देखि लामो दुरीका लागि सवारी साधन संचालन गरेको हो।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्