पूर्वराजा ज्ञानेन्द्रका यी पाँच प्रश्न, कस्ले दिने उत्तर ?


 


gyanendra-shahकाठमाडाैं, असाेज २२

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा नेपाली नागरिकहरुलाई शुभकामना दिँदै एक दशकभित्र केके भए र गरिए भन्दै पाँच प्रश्नहरु राखेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले जनताले चाहेको शान्ति, समुद्धि, सुरक्षा, स्थायित्व, विकास र रोजगारी प्राप्त भयो त ? भन्दै उनले सोधेका छन्।

‘यस सुखद अवसरमा म देशभित्र र देशबाहिर रहेर बसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समुद्धि र प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति भेटिए हाम्रो सभ्यताको मुल नै सुक्दछ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं।’ साथै उनले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मुल मन् रहेको उल्लेख गर्दै अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि एक हुन पनि आग्रह गरेका छन् ।

ज्ञानेन्द्रले राखेका प्रश्नहरु 

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?

भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?

विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने बतातावरण बनाइयो त ? परिपक्क परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?

घरपरिवार छाडेर पराया भूमिमा पसिना बगाउनपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?

अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो या जनताका निम्ति केके गरिए ?

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्