टीभीएसले एकैदिन हालसम्मकै धेरै मोटरसाइकल विक्री गर्यो


 



काठमाडौं, कार्तिक ४
टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटरसाइकलले सोमबार (कार्तिक ३ गते) एकैदिन हालसम्मकै धेरै मोटरसाइकल विक्री गरेको छ । एकैदिन ८ सय २५ यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको जनाएको टीभीएसले जनाएको छ ।

कम्पनीले आफ्नो देशभर रहेको १३२ शोरुमहरुबाट उक्त यूनिट बिक्री गरेको जनाएको छ । टीभीएस अहिले निकै छिटो ग्रोथ पाइरहेको ब्राण्ड हो । सन् २०१५ मा जगदम्बा मोटर्सले बिक्री सुरु गरेसँगै टीभीएस नेपालमा आक्रमक बजार बिस्तारमा लागेको छ ।

कम्पनीले कार्तिक २३ गते बिक्री गरेको मोटरसाइकलमा अपाचे आरटीआर २०० फोर भी स्मार्ट कनेक्ट र एबीएस, १६० एबीएस र स्मार्ट कनेक्टसहितको मोडल र एनटर्क १२५ को हिस्सा सबैभन्दा धेरै रहेको अग्रवालले जानकारी दिए ।

अहिले कम्पनीले दशैंको आशा क्याम्पेन संचालन गरिरहेको छ । उक्त योजनामा टीभीएसका मोटरसाइकल किन्ने ग्राहकले ९ हजार नगद छुट प्राप्त गर्न सक्ने छन् भने स्कुटरमा ७ हजार नगद छुट पाउने छन् ।

५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्न सक्ने अफर कम्पनीले गरेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्