उपकुलपतिलाई भाले !


 


काठमाडौँ, असाेज २२

नेपालीको महान् चाड वडादसैँ तथा तिहारको उपलक्ष्यमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले शुभकामना आदान–प्रदान तथा तथा दसैँ चिठा कार्यक्रमको आयोजना गरेको छ । सङ्गठनको नेपाल प्रज्ञा–प्रतिष्ठान (कमलादी, काठमाडौँ) समितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै दसैँ महिमा तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

सङ्गठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्राज्ञ डा. उषा ठाकुर, प्रशासन प्रमुख ज्ञानहरि अधिकारी, लेखा महाशाखा प्रमुख सुमन अधिकारी, कलाकार शैलेन्द्र सिंखडा, नेपाल लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका का.वा. अध्यक्ष बुद्धि तिमल्सिना, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विक्रम मैनाली, रामकुमार बोहोरा, महेश्वर थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा खोलिएको दसैँ चिठा कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेलाई तृतीय पुरस्कार कुखुराको भाले परेको थियो । पहिलो पुरस्कार खसी, दोस्रो बोका र तेस्रो पाँच जनालाई कुखुराको भाले राखिएको थियो भने अन्य पाँच जनालाई सान्त्वना स्वरुप नगद खामबन्दी पुरस्कारको व्यवस्था गरिएको थियो ।

सङ्गठनले दसैँ तथा तिहारको उपलक्ष्यमा हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्दै आएको अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्