जुम्ल्याहा बच्चा त जन्माइन, उनलार्इ कसले बचाउने ?


 


राजन समीप

भाेजपुर, असाेज २२

उनले जाेडी बच्चा जन्माएकी छन् । तर अाफै भने मृत्युकाे मुखमा पुगेकी छिन्, बाच्नका लागि सहयाेगकाे भिख मागिरहेकी छिन् ।  जुम्ल्याहा बच्चा जन्माएकी निर्मला राईको स्वास्थ्यमा समस्य आएपछि उपचारका लागि खर्च जोहो गर्न नसक्दा स्वास्थ्य स्थिति गम्भिर बन्दै गइरहेकाे छ ।

जिल्लाको पश्चिमी छिनामखु गाविस-४ मुनवाला की ३० बर्षिया निर्मला रार्इकाे ज्यान जोखिममा रहेको हो । निर्मलाको गत भाद्र २९ गते छोरी जन्मिएको ३ दिन पछि असोज १ गते तिन दिन पछि अर्को बच्चा छोरा जन्मिएको थियो ।

सुत्केरी व्याथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा उनका श्रीमान नवराजले पुर्यएका थिए । छिनामखु स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि अन्नपुर्ण इलाका स्वास्थ्यचौकीमा निर्मलालाई लगिएकाे थियाे ।

त्यहाँ पनि सुत्केरी गराउनु नसकेपछि गुप्तेश्वरस्थित एउटा क्लिनिकमा निर्मलाले छोरी जन्माएकी थिइन् । छोरी जन्माएर घरफर्काइएकी निर्मलाले पुन तीन दिन पछि घरमै छोरा पाएकी थिइन् ।

सुरुमा निर्मलाका स्वास्थ्य स्थिति ठिक भएपनि विगत ४ दिन देखी निरन्तर रक्तश्राप भइरहेकाे उनका छिमेकी विजया राईले जानकारी गराएकी छिन् । निरन्तर रत्तश्राप भएपछि गम्भिर बन्दै गएकी निर्मलाको थप उपचारका लागि जिल्ला अस्पताल सम्म ल्याउन समेत पैसा जुटाउन नसकेको छिमेकी विजयाले बताइन् ।

उनका अनुसार घरमा श्रीमान बाहेक अन्य कोही नभएको र चाडबाडको मुखमा कसैले पनि सहयोग गर्न नसकेकोले आर्थिक अभावका कारण उपचार गराउन नसकेको हो । शनिबार स्थानीय शान्तिराम राईले चोमोलुङ्मा सामुदायिक रेडियोकी सञ्चारकर्मी शुशिला राईलाई सञ्चारमाध्यमबाट सहयोग जुटाउन आग्रह गरका थिए ।

उपचारका लागि सदरमुकामसम्म ल्याए आर्थिक सहयोग जुटाउन सहयोग गर्ने जिल्ला स्थित सञ्चारकर्मीहरुबाट आश्वासन पाएपछि आइताबार विहान सदरमुकाम ल्याइने छिमेकी विजय राईले बताइन् ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्