बाबुबाट टिका जमारा लगाउने बेला छाेराले गरे हत्या



चितवन, असोज २३

भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् ।

साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोरको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको हो । घरायसी झगडाको क्रममा मादकपदार्थ सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि भागेका सापकोटालाई राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News