दसैँमा पूर्वाञ्चलको सुरक्षा व्यवस्था कस्ताे छ ?


 


माेरङ, असोज २३

दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि १० हजार प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ ।

विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ

प्रकाशित मिति: २३ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्