रकम अभावमा उपचार गराउन नपाएकी निर्मलालार्इ सहयाेग जुट्दै


 


rakam-hastantaranभाेजपुर, असाेज २३

जुम्ल्याहा बच्चा जन्मिएपछि अार्थिक अभावमा स्वास्थ्य अवस्था नाजुक बनेकी भाेजपुर छिनामखु ४ मुनवालाकी निर्मला रार्इलार्इ सहयाेग जुट्न थालेकाे छ । ३० बर्षिया रार्इकाे अार्थिक अवस्था कमजाेरीले स्वस्वास्थ्य विग्रदा समेत उपचार हुन नसकेकाे स्थानीय चाेमाेलुङुलमा रेडियाे र देशकाेन्युजबाट समाचार प्रकाशित भएपछि  सहृदयी मनहरूले सहयाेग गर्न थालेकाे हुन् ।

समाचार प्रकाशित भएपछि हाेम्ताङ सेवा समाज काठमाडाैंका सचिव मनाेज साङसाेङ रार्इले विशेष अभियान सञ्चालन गरेका छन् । समाजका अध्यक्ष रिमाल रार्इ सहितकाे टाेलीले अाइतबार २२ हजार तीन सय ५० रूपैयाँ तत्काल उपचारका लागि रकम पठाएका छन् । पठाएकाे रकम रेडियाेका सञ्चारकर्मीहरूले भाेजपुरका प्रमुख जिल्ला अधिकारी अर्जन कुमार शर्मा मार्फत रार्इकी सासुअामा  मैया रार्इलार्इ हस्तान्तरण गरेका छन् ।

उक्त रकम हाल इजरायलमा रहेकी जोरपाटी काठमाडौंकी सीमा श्रेष्ठले १० हजार,  मलेसियामा रहेका साउनेचौर ८, खोटाङका झम्केश्वर निरौलाले दुर्इ हजार पाँच सय, काठमाडाैंमै रहेका भाेजपुर देउरालीका कुमार पाैडेलले एक हजार, नगरकाेट भक्तपुरमा रहेका भाेजपुरका भिम कुमार प्रधानले दुर्इ हजार र हाेम्ताङ सेवा समाज काठमाडाैंले सात हजार सहयाेग गरेकाे हाे ।

त्यस्तै दिपेश राई ( चरम्वी हाल कोरिया )बाट दुर्इ हजार, रमेश विष्ट ( खावा चोलन्ती ) रु ३३६८, किरण माङपाङ राई ( खावा भोजपुर हाल कोरिया ) रु ५०००, प्रेम किरात ( भोजपुर प्याउली हाल भोजपुर नगरपालिका ) रु ५०० सय, असिम दुङमाली ( सानोदुम्मा ) रु १००० सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । सहयाेगकाे प्रतिबद्दता अाएपछि अाइतबार ३४ हजार दुर्इ सय १८ रूपैयाँ हस्तान्तरण गरिएकाे हाे ।

निर्मलाको गत भाद्र २९ गते छोरी जन्मिएको ३ दिन पछि असोज १ गते तिन दिन पछि अर्को बच्चा छोरा जन्मिएको थियो । सुरुमा निर्मलाका स्वास्थ्य स्थिति ठिक भएपनि विगत ४ दिन देखी निरन्तर रक्तश्राप भइरहेकाे उनका छिमेकी विजया राईले जानकारी गराएकी छिन् । निरन्तर रत्तश्राप भएपछि गम्भिर बन्दै गएकी निर्मलाको थप उपचारका लागि जिल्ला अस्पताल सम्म ल्याउन पैसा थिएन् । उनकाे उपचारका लागि जिल्ला ल्याइदैछ

प्रकाशित मिति: २३ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्