८७ वर्षिय पिताबाट टीका ग्रहण गरे, अध्यक्ष ओलीले


 


kp-ili-jpg

काठमाडौं, असोज २५

पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् ।

उनले टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा आफ्नै निवास बालकोटमा टीका लगाएका हुन् । उनले आफुले टीका ग्रहण गरेसँगै पत्नी राधिका शाक्य तथा आफन्तलाई टीका लगाइदिएका छन् ।

अध्यक्ष ओलीले विजयादशमीका दिन बालकोटस्थित आफ्नो निवासमा बिहान १० देखि १२ बजेसम्म परिवार र आफन्त तथा १२ देखि ३ बजेसम्म पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

यसै गरि अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समपुर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले बडादसैंको अवसरमा व्यक्त गरेको शुभकामना सन्देशमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीबीचको एकता र सद्भावको निरन्तरता एवम् राष्ट्रिय एकताको लागि कामना गरिएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्