मुल पुजारी र काका काकीको हातबाट टीका ग्रहण गरिन् राष्ट्रपति भण्डारीले


 


tika

काठमाडौं, असोज २५

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन् ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेको हातबाट पनि विजयादशमीको टीका तथा जमरा ग्रहण गरेकी थिइन् ।

त्यस्तै राष्ट्रपतिले दिउँसो १ बजेदखि २ बजेसम्म मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका इच्छुक अधिकृतलाई र दिउँसो २ बजे देखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्