के कारण थियो सत्ता पक्षका दुई प्रमुख नेताले दशैं टीका नलगाउने


 


dashain

काठमाडौँ, असोज २५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडादसैँ पारिवारिमा रमाएर मनाएका छन् ।

दाहालले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर पर्व मनाएका दाहालका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए ।

प्रचण्डले कम्युनिष्टको कुनै धर्म हुँदैन भनेर दशैंमा टीका नलगाएका हुन् । उनले कम्युनिष्ट सदस्यता लिए देखि कहिल्यै दसैं टीका लगाएका छैनन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यो वर्षको दसैँको टीका लगाएका छैनन् ।

सभापति देउवाले भतिजोको निधनका कारण परिवारमा जुठो भएकाले टीका नलगाएका देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्