पूर्वराजा शाहकहाँ टीका थाप्नेको बाक्लो उपस्थिति


 


gyanendra-shah

काठमाडौँ, असोज २५

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरण, शुभचिन्तक तथा राजनीतिज्ञहरुलाई टीका लगाइदिएका छन् ।

सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उनले लगाइदिएका थिए ।

gyanendra-kamal-thapa

टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।

निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका थिए ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्