विद्युत सब स्टेशनमा आगलागि हुदाँ एक करोडको क्षति


 


bidhut-dipayal

काठमाडौं, असोज २६

डोटीको दीपालयमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी हुँदा झण्डै एक करोड रुपैयाँको क्षति भएको छ ।

बुधबार बिहान साढे तीन बजे विद्युतको भोल्टेजमा घटबढ हुँदा सर्ट भएर आगलागी भएको थियो । स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको सब स्टेसनका प्रमुख टेकबहादुर खड्काले जानकारी दिए ।

सब स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको र यसले दार्चुला बाहेकका सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत सेवा पनि प्रभावित भएको छ ।

विद्युत आपूर्ति सहज बनाउन आवशयक पर्ने सामानहरु भारतबाट ल्याउनुपर्ने भएकाले आपूर्ति सहज बनाउन कम्तीमा एक महिना लाग्ने खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २६ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्