यस्ताे छ एमालेकाे चियापान कार्यक्रम


 


uml-party-officeकाठमाडौँ, असोज २८

नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गर्देछ । हालको पार्टी केन्द्रीय कार्यालय रहेको धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि तयारी पुरा भएकाे छ ।

पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले बिहिबार सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गरेका थिए । नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेश ढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।  त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गरेकाे चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्