काभ्रेमा बस दुर्घटना, ११ जना यात्रु घाइते


 


काठमाडाैं, असाेज २८

काभ्रेको पलाञ्चोक नगरपालिका १६- भान्सेपोखरीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।  पलाञ्चोकभगवती जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा एक र उपचारका लागि ल्याउँदै गर्दा बाटोमा एकजनाको मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

घाइते सबैलाई धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेमध्ये तीन÷चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । काठमाडौंबाट पलाञ्चोक जाँदै गरेको बा ४ ख १९१३ नम्बरको किर्तिपुर यातायातको बस दुर्घटना भएको हो ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार साँझ सडकबाट झण्डै अन्दाजी १५० मिटर तल खसेर बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्