चितवन पुगेर कांग्रेस महामन्त्रीले दिए विवादित अभिव्यक्ति, के भने ?

चितवन, असाेज २९
नेपाली कांग्रेसका महामन्त्री शशांक. कोइरालाले धर्मनिरपेक्षताको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन चितवन शाखाले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफूलाई विवाद हुने कुरा नबोल्न नेताहरुले दवाव दिएको समेत बताए । अहिले संविधान कार्यान्वयनको वेला भएको भन्दै उनले यो विषय चुनावपछि टुङ्गो लाग्ने दावी पनि गरे ।
महामन्त्री कोइरालाले दलहरुले आफ्ना अडान छोड्नुपर्ने बताउँदै तीन दल मिल्नुको विकल्प नभएको बताए । संविधान कार्यान्वयनका लागि तीनवटै चुनाव गर्नु पर्ने भन्दै संविधान संशोधनको लागि कांग्रेस तयार रहेको बताए । उनले आगामी केन्द्रीय समितिले मधेसी दलहरुको माग बारे निर्णय लिने बताए ।
पत्रकारको सरकार परिवर्तन वारेको जिज्ञासामा कोइरालाले सरकार फेरेर समस्या समाधान नहुने भन्दै मुख्य मुद्दामा तीन दलहरु मिलेर अघि बढ्नुपर्ने बताए ।
प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार