एमालेकाे चियापानमा काे-काे सहभागी भए ?


 


काठमाडाैं, असाेज २९

दसैं, तिहार छठ पर्वको अवसरमा आज एमालेले काठमाडौंको शंख पार्कमा चियापान गर्यो । चियापान कार्यक्रममा काग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल देखि मधेसी मोर्चाका नेताहरु सहभागी भए।

चियापान कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरुबीच सहमिति हुने वित्तिकै संविधान संशोधनका विषयमा छलफल सुरु गर्ने बताए । तमलोपा अध्यक्ष महन्थ ठाकुर,फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार पनि चियापानमा सरिक भए ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नयाँ शक्तिका बाबुराम भट्टराई, हिसिला यमी पनि चियापानमा सहभागी भएर सुभकामना आदान प्रदान गरे। कार्यक्रममा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीको सहभागिता छ।

दशैंको अवसरमा विगतको परम्परालाई निरन्तरता दिँदै एमालेले आयोजना गरेको चियापान समारेाहमा नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको घुइँचो लागेको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्