प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस


 



काठमाडौं, पौष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन् । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका हुन् ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्