संसद् विघटनविरुद्ध कांग्रेसले आन्दोलन गर्ने


 



काठमाडौं, पौष ५
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।

आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्ध सडकमा जाने निर्णय लिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

कांग्रेस पदाधिकारी बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि जनाएको छ । उनले संसदबाट अनुमोदन नभएसम्म राष्ट्रपतिबाट शपथ खुवाउन नमिल्ने भएकाले सिफारिस भएकाहरुलाई पदमा नबस्न आग्रह गर्ने बताए ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्