प्रधानमन्त्री ओलीको कदमबारे आन्तरिक छलफल गर्दै जसपा


 



काठमाडौं, पौष ६
देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल बैठक बस्दै छ । पार्टीले छलफलका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपा नेपालले हिजै नै विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको सो कदमको प्रतिवादन गर्न पार्टी तथा सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।

प्रधानमन्त्री अ‍ोलीले चालेको सो कदमको विरुद्ध संघर्ष गर्न के कस्तो रणनीति बनाउने विषयमा आज छलफल हुने कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र विरोधी कार्य गरेको ठहर पार्टीले गरेको र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल हुने उनले बताए ।

प्रधानमन्त्री ओलीको कदमको विरोध गर्न नेकपा, काँग्रेस र जसपाले गठबन्धन बनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्