बामदेवले भने, -कुनै गुटको भेलामा जाँदैन


 



काठमाडौं, पौष ६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न आफू कुनैपनि गुटको भेलामा नजाने बताएका छन् । उद्यपि उनले आफू संसद भंगको विरुद्ध भएको बताएका छन् ।

‘म अझै एकताको पक्षमा छु,’ उनले भने, ‘तर संसद भंगको विरुद्धमा छु ।’ उनले विज्ञपित जारी गर्दै पार्टी फुटको साक्षी बस्न गुटको भेलामा नजाने बताएका हुन् । उनले अहिले भइरहेको भेला पार्टी फुटाउनका भइरहेकोसमेत बताए ।

गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै भनेका छन्, ‘अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु ।’ उनले आफू पहिलेदेखि नै गुटको भेलामा नजाने भन्दै आएको बताएका छन् ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्