महाकाली नदी सँकटमा, बन्द गर्ने चेतावनी


 


11150859_788159617947191_4265507727458339067_n

काठमाण्डौ ,असोज ३०

कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले पुल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

यो झोलुंगेपुल एसियाकै दोस्रो लामो झोलुंगेपुल हो । जीर्ण बनेको पुलमा आवत–जावत गर्न समस्या भएको स्थानीयको गुनासो छ । स्थानीय युवाहरुले पुलको निरीक्षण गर्दै सम्बन्धित निकायलाई चाँडो मर्मत गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिमको पर्यटकीय गन्तव्यसमेत रहेको यो पुलको मर्मत हुन नसक्दा ‘महाकाली पारी’को भनेर चिनिने दोधारा–चाँदनी नगरपालिकाका बासिन्दा निराश भएका छन् ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्