मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावबाट तीन सांसदले लिएर हस्ताक्षर फिर्ता



काठमाडौं, माघ ५
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाट तीन सांसदले आफ्नो हस्तारक्षर फिर्ता लिएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् ।

तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

यसअघि प्रदेससभा सदस्य कला घले र बसन्तीदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News