प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई आजपनि


 



काठमाडौं, माघ ६
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी हुँदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ ।

रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्