संसद विघटनको विरोध गर्नेहरु संविधान र देश विरोधी : प्रधानमन्त्री ओली


 



काठमाडौं, माघ ११
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भयो भन्नेहरुनै संविधान र देश विरोधी भएको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले आफूले देशमा स्थिरता कायम गर्नका लागि संसद भंग गरेपन यसको विरोध गर्नुको कुनै तुक नरहेको बताए ।

‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्,’ उनले भने, ‘यसका विरोधीहरुनै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्