रेशमलाई जेलमै राखिरहने तागत कसैसंग छैन : महतो




काठमाडौं, फागुन १८
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई अब जेलमै राखिरहने तागत कसैसंग नभएको बताएका छन् ।

मंगलबार धनढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमलाई अब सरकारले रिहाई गर्नुपर्ने बताए । नेता महतोले रेशमलाई रिहाई नगरे अब ‘जेल भराउ’ आन्दोलन सुरु हुने चेतावनी दिएका छन् । ‘रेशम चौधरीलाई रिहाई नगरे हामी जेल भराउ आन्दोलन गछौं,’ उनले भने, ‘सरकारसंग आफूहरु सबैलाई जेलमा राख्ने क्षमता छैन ।’

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरीको हत्या भएको थियो। उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् ।

घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए। निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए।

अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्। जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ खुवाइएको थियो।

सो अवसरमा बोल्दै नेता महतोले आफूहरू सरकारमा नजाने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएकोसमेत उनले बताए । यस्तो अवस्थामा कांग्रेस पनि सरकारमा सहभागी हुन नहनुे उनको भनाई छ ।

उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने समेत स्पष्ट पारेका छन् । महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News