प्रचण्ड-नेपाल समूहल्र बोलायो स्थायी कमिटी बैठक, यस्तो छ तयारी




काठमाडौं, फागुन २४
नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड(नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि प्रचण्ड(नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News