माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय




काठमाडौं, चैत्र ७
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेपाल समूहले गुटगत गतिविधि गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News