धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन




धनगढी, चैत्र १७
नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपाल (माधव समूह)ले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा पुत्ला दहन गरेको हो ।

जनमतको भावना विपरित नेता द्वय नेपाल र रावल माथि कार्यवाही गरेको विरोधमा युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओलीको विरोध र भीम रावलको पक्षमा नाराबाजीसमेत गरेका छन् । नेकपा एमालेले अध्यक्ष केपीशर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News